फागुन १९, काठमाडौं । एएफसी यू–२० एसियन कप २०२४ को छनोटका लागि नेपाली युवा राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्यप्रशिक्षक यमप्रसाद गुरुङले छनोट प्रतियोगिताका लागि शुक्रबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

प्यालेस्टाइनमा हुने छनोटमा नेपाल घरेलु टिमसँगै नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई)सहित समूह ‘बी’मा छ । गुरुङकै प्रशिक्षणमा नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, नेपाल च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो ।
नेपाली टिम
गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी
रक्षक : सविना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दीपा भोलन ।