• २०८३ बैशाख १८ गते शुक्रवार

यो सरकार आमालाई ल्याइदिएको सिक्री खोसेर १०० किलो सुन तस्करी गर्छ : केपी ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा सत्ता पक्षकै संलग्नता रहेको दावी गरेका छन् । बुधवार ललितपुरंमा आयोजित तुल्सीलाल अमात्यको २१औ स्मृति दिवसको अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा ओलीले तस्करीमा सरकारकै संलग्नता रहेको दावी गरे ।

उनले विदेशबाट आमालाई ल्याएको सिक्री खोस्ने तर सरकारले भने १०० किलो सुन भित्र्याएको दावी गरे । उनले भने,‘ आफुहरु सरकारमा छन्, १० दिन अगाडिदेखि आएको रहेछ, कुनै श्रोत कतैबाट खुल्यो र खपी नसक्नु थामी नसक्नु भएपछि गिरफ्तार भयो १०० किलो सुन, क्वीन्टल सुन आउँदो रहेछ । तपाईहरु जानु भयो भने के हुन्छ सियो पनि छिर्दैन् । विदेशबाट आमालाई ल्याएको सिक्री खोस्छ तर क्वीन्टल सुन ल्याउँछ यो सरकारले ।’

अध्यक्ष ओलीले सरकारले आफ्नो संलग्नता देखिने भएपछि छानविन समिति बनाउँन नमानेको आरोप पनि लगाए ।

Sharing

प्रतिक्रिया दिनुहोस