• २०८३ बैशाख ३१ गते बिहिवार

सुनकोशीमा जीप खसेर वेपत्ता भएका सीटीईभीटीका अधिकारीहरुको खोजी जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९,  सिन्धुली। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उच्च अधिकारीहरु सवार जीप सुनकोशीमा खसेको छ । काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको जीप मध्य पहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटनामा परेको हो ।


जीपका ड्राइभर झ्यालबाट फाल हानेर बच्न सफल भएका छन् । बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रावाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए ।

बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको र अहिले खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस