• २०८३ बैशाख ४ गते शुक्रवार

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, नयाँ दिल्ली ।  भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

विशेष विमानमार्फत प्रधानमन्त्री इन्दौर प्रस्थान गरिसकेका छन् । इन्दौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने साजसज्जा गरिएको छ ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचच(डले भेटवार्ता गर्ने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस