• २०८३ मङ्सिर ४ गते बिहिवार

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस