• २०८३ जेष्ठ १ गते शुक्रवार

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, सुनसरी । ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार र प्र.१-०२- ०४३ प ६८९७ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस