• २०८३ असार १५ गते सोमवार

नेपाल सुपर लिग : बिरगञ्ज युनाईटेडलाई हराउँदै चितवनको पहिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनमा आएर एफसी चितवनले पहिलो जित दर्ता गराएको छ । शुक्रबार बिरगञ्ज युनाईटेडलाई हराउँदै चितवनले एनएसएलमा पहिलो जित दर्ता गरेको हो ।

दशरथ रंगशालामा एफसी चितवनले बिरगञ्ज युनाईटेड एफसीलाई २–१ गोल अन्तरले हरायो । चितवनको ऐतिहासिक जितमा बिमल घर्तिमगर र टोरिन जेब्रिनले विजयी गोल गरे । बिरगञ्जका एकिन्स कयी बाफोरले एक गोल फर्काएका थिए । खेलको २९ औं मिनेटमा रोशन राना मगरको पासमा बिमलले चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए ।  खेलको ५५ औं मिनेटमा कर्नर बलमा हेडमार्फत गोल गर्दै एकिन्सले बिरगञ्जलाई खेलमा फर्काएका थिए । चितवनका लागि ६८ औं मिनेटमा टोरिन जेब्रिनले विजयी गोल गरे ।

जित सहित चितवनले तीन खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो खेलमा पराजित बिरगञ्ज अंक विहीन छ ।

Sharing

प्रतिक्रिया दिनुहोस