मंसिर १५, काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शुक्रबार बिरगञ्ज युनाईटेड एफसी र एफसी चितवन भिड्दैछन् । दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

चितवन प्रतियोगिताको तेस्रो र विरगञ्ज दोस्रो खेलमा आमने सामने हुन लागेका हुन् । चितवनले पहिलो खेल पोखरा थन्डर्ससँग गुमाएको छ । अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा काठमाडौंसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । तेस्रो खेलमा उत्रदै गर्दा चितवन पहिलो जितको खोजीमा हुनेछ ।
अंक तालिकामा अघि बढ्नुपर्ने चुनौती चितवनलाई छ । काठमाडौंविरुद्ध सुधारिएको प्रर्दशन गरेपनि चितवनले स्पष्ट जित दर्ता गर्न भने सकेन । लयमा फर्किएको प्रमाण दिन पनि विरगञ्जविरुद्ध स्पष्ट अंक बटुल्ने दबाब चितवनसँग हुनेछ ।
चितवनको २ खेलबाट १ अंक र विरगञ्जको १ खेलबाट शुन्य अंक छ ।