• २०८३ बैशाख २७ गते आइतवार

सुदूरपश्चिम सरकारमा जान नाउपा तयार : मन्त्री, राज्यमन्त्री र उपसभामुख पाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने पक्का भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

उनले भनिन् ‘ आज विहान प्रधानमन्त्रीसंग भएको छलफलमा हामीले एक मन्त्री र राज्यमन्त्री पाउने सहमति भएको छ । त्यस्तै दुइवटा संसदीय समितिको सभापति पनि पाउने भन्ने सहमति भएको छ । त्यसै अुनसार हामी सरकारमा सहभागि हुन्छौं ।’ अनि उपसभामुखको पनि कुरा आएको छ नी ? भन्ने प्रश्नमा उनले भनिन् ‘ त्यो पछिको कुरा हो अहिले उपसभामुख हुनुहुन्छ त्यो पछि पाउने भन्ने कुरा हो । ’

बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने उनले बताइन् । यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।

Sharing

प्रतिक्रिया दिनुहोस