• २०८३ साउन १८ गते सोमवार

नेपालमा चार जना कोरोना संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा गरिएको ७४० वटा नमुना परीक्षणमा जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा समयमा चार जना संक्रमण मुक्त भएका छन् । दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस