जेठ १८, काठमाडौं । नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बिहीबार भारतका प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणका क्रममा हुने सहमति र सम्झौताबारे दुई पक्षबीच वार्ता सुरु भएको हो ।
वार्ता पश्चात हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने, साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन् ।
