• २०८३ जेष्ठ २१ गते बिहिवार

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । यस खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस