• २०८३ बैशाख १० गते बिहिवार

कटुवा पेस्तोल सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, कञ्चनपुर । प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बेलौरी नगरपालिका-१ वैशाखाबाट कटुवा पेस्तोल १ थान र गोली ७ राउण्ड सहित भारत लखिमपुर थाना मितौली ग्राम मितौली पोष्ठ बस्ने ३१ वर्षीय राजु ईद्रीसीलाई शनिबार बिहान पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस