• २०८३ जेष्ठ ७ गते बिहिवार

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, कास्की। पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् ।

उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस