• २०८३ बैशाख १९ गते शनिवार

स्कुल बसको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, धनुषा । स्कुल बसले ठक्कर दिँदा एक जना पुरुषको जनकपुरमा ज्यान गएको छ । विहिबार स्थानीय पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा ३५ वर्षीय मनोज लामिछानेको ज्यान गएको हो ।

जनकपुरबाट लक्ष्मीनियातर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको उक्त बसले बा ८० च ९०९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा लामिछाने गम्भिर घाइते भएका थिए ।

घाइते लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याएलगतै चिकित्सकले मृत घोषण गरेका प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस