• २०८३ जेष्ठ ७ गते बिहिवार

जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, झापा ।  बुद्धशान्ति गाउँपालिका-४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस