• २०८२ साउन ३ गते शुक्रवार

आजको मौसम : सामान्यतया सफा रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुने आकलन गरिएको छ । राति प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस