• २०८३ बैशाख ८ गते मङ्गलवार

आजको मौसम : तीन वटा प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं। आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस