• २०८३ बैशाख ३१ गते बिहिवार

युक्रेनी भू–भाग कब्जा गर्ने रुसी कदमलाई मान्यता दिदैनौँ : बाइडेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, एजेन्सी ।  अमेरिकाले कहिल्यै पनि युक्रेनको भू–भाग कब्जा गर्ने रुसी प्रयासलाई मान्यता नदिने राष्ट्रपति जो बाइडेनले बताएका छन् । बीबीसीका अनुसार रुसी राष्ट्रपति भलादिमिर पुटिनको शुक्रवार युक्रेनका चारवटा नयाँ क्षेत्र रुसमा गाभिएकोबारे औपचारिक घोषणा कार्यक्रम सुरु हुनु अघि बाइडेनले यस्तो बताएका हुन् ।

क्रेमलिनले हालै सम्पन्न जनमत संग्रहमा युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिझझिया र खेर्सोनका वासिन्दाले रुसको भू–भागमा विलय हुने पक्षमा मतदान गरेको जनाएको छ । तर, युक्रेन र पश्चिमी जगतले यस मतदानलाई ‘बहानावाजी’ मात्र भएको भन्दै आलोचना गरेका छन् । ती भू–भाग कब्जा गरे वापत अमेरिकाले रुसमाथि नयाँ नाकावन्दी लगाउनेछ ।

बिहीबार पुटिनले जापोरिझझिया र खेर्सोन स्वतन्त्र भू–भागको मान्यता दिने दुईवटा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस