चैत १६, पर्सा। वीरगञ्ज महानगरपालिका– २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज–१६ ईनर्वा स्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा शव फेला परेको हो । साह ४ चैत अर्थात होलीको दिनदेखि हराएको भए पनि उनका बाबुले मंगलबार दिउँसो २ बजेतिर मात्रै जानकारी गराएका प्रहरीको भनाइ छ ।

साथीहरुसँग होली खेल्न गएको छोरा नफर्किएको भन्दै उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो । कसैले हत्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।