• २०८३ बैशाख ८ गते मङ्गलवार

कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२,  कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किदाँ घाइते भएकी स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् ।उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

कस्तो बम, कसले र किन राखेको हो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस