• २०८३ भाद्र ११ गते बिहिवार

डेंगु संक्रमणका कारण गायिका राईकाे निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, खोटाङ । खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनक प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको निधन भएको हो । उनको निधनपछि नौ महिनाको बच्चाको बिचल्ली भएको छ ।

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । छोटो समयमै दर्शक स्राेताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस