• २०८३ बैशाख १२ गते शनिवार

गायक प्रमोद खरेलको ‘मायाको नाटक’मा गरिमा र विक्रमको अभिनय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं। गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेश राज पुरीको शब्द सृजना रहेको गीतमा नविन कार्कीको संगीत छ ।

विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको गीतको त्रिकोणत्मक प्रेम कथामा आधारित भिडियोमा गरिमा शर्मा, विक्रम बुढाथोकी र संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ । प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् । प्रकाश खड्काको छायांकन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

हेर्नुहोस  भिडियो

Sharing

प्रतिक्रिया दिनुहोस