• २०८३ असार ९ गते मङ्गलवार

सिमकोटमा म्यादी प्रहरी मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, सिमकोट  ।  हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेकाेर उनी भूइँमा मृत फेला परेकाे ओझाले बताए । घटनाबारे कारण खुल्न सकेकाे छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस