• २०८३ बैशाख २५ गते शुक्रवार

मोरक्कोद्वारा बेल्जियम पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं । कतारमा जारी रहेको फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियमले मोरक्कोसँग हार व्याेहाेरेकाे हाे ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो । यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ ।

मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस