असार १३, काठमाडौं । कोटेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिई दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३(००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुगेको हो ।

दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ । हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् भने चालक फरार छन् ।