• २०८३ बैशाख १९ गते शनिवार

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, स्याङ्जा। स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस