चैत १३, पर्सा । तीन किलो अफिमसहित सशस्त्र प्रहरीले पर्साबाट एक युवतीलाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीबाट बारा जितपुर सिमरा उपमहानगरपालिका–७ की ४० वर्षीय रिनादेवी रामलाई प्रहरीले नियन्त्रमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेकी रामको साथबाट प्रहरीले ६ पोका अफिम बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वार्टर पर्साबाट खटिएको प्रहरीले रामलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताइएको छ ।