• २०८३ जेष्ठ १६ गते शनिवार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३,रौतहट।रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।गरुडा नगरपालिका-४ मा बुधबार ११ बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।उनका अनुसार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा गढीमाई नगरपालिका-८ का १९ वर्षीय मोहम्मद अफताब आलम र २५ वर्षीय रवि साह छन्।
मा दुबै जना घाइते भएका थिए। उनीहरूलाई उपचारको क्रममा ग्रान्डी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस