कात्तिक ९, काठमाडौं । रुपन्देही–२ मा प्रतिनिधि सभाका उम्मेदवार केशव थापालाई पाँचदलीय गठबन्धनले समर्थन गरेको छ। चेक बाउन्ससम्बन्धी मुद्दाका कारण गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको शीर्ष नेताले बुधवार वक्तव्यमार्फत् जनाएका छन् ।
बुधबार गठबन्धन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेका हुन् ।