• २०८३ बैशाख १० गते बिहिवार

समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोग आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ ।आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न पत्र नै पठाइएकाे छ ।

अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । स्राेतले भन्याे, ‘ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न सक्नकाे लागि पत्र पठाइएकाे हाे ।’ मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस