असोज १०, रोल्पा। राेल्पाबाट प्रहरीले भरूवा बन्दुक सहित एकजनालाइ पक्राउ गरेकाे छ । त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।