• २०८३ जेष्ठ १९ गते मङ्गलवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, धादिङ। रोराङ गाउँपालिका-९ ज्यामिरेघाटबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले रुबिभ्याली गाउँपालिका-७ बस्ने २९ वर्षीय धन बहादुर गुरुङलाई सोमबार दिउँसो पक्राउ गरेको हाे ।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस