असोज १०, धनुषा । जिल्लाको नगराईन नगरपालिका–२ स्थित जटहीबाट करिव १९ लाख ६४ हजार रुपियाँ बराबरको चाँदीसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झा रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ केजी ४ सय १७ ग्राम चाँदीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
