बैशाख १३, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ९ मा सुमित्रा त्रिपाठी पाण्डेको नेतृत्वमा नेकपा एमालेले मनोनयन दर्ता गरेको छ । ०७४ सालमा एमालेबाट निर्वाचित सुमित्रा त्रिपाठी पाण्डे विगत ३ वर्ष देखि वडाको काव वडाध्यक्षको रुपमा कार्यरत रहेकी थिईन् ।

नेतृ त्रिपाठीको अध्यक्षमा बनेको एमाले टीमलाई नगरपालिका भित्र शक्तिशाली रुपमा लिईएको छ । सोही टीम चुनावी मैदानमा उत्रियको हो ।
यस टिममा खुल्ला सदस्यहरु दिलिप थिङ्ग, मनोहरी जोशी, महिला सदस्य कमला ढकाल अधिकारी र दलित महिला सदस्यमा गंगामाया नेपाली रहेका छन् ।