• २०८३ बैशाख ७ गते सोमवार

मच्छिन्द्रले जित्यो लिगको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फागुन १४, काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदो सहिद स्मारक डिभिजन लिग फुटबलको उपाधि जितेको छ । ११औं चरणको खेलबाट नै उसले उपाधी पक्का गरिसकेको थियो ।

शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपिएफलाई २–१ ले हराएको थियो । मछिन्द्रका लागि अविशेक गुरुङ र रेजिन सुब्बाले एक÷एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काएका थिए । खेलको ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १–० ले अगाडि लगाएका थिए । आन्द्रेस नियाको पासमा अविशेकले गोल गरेका थिए ।

पहिलो हाफमा नतिजा सुम्पिएको एपिएफले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो । खेलको ६९औं मिनेटमा प्रदिप लामाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठलाई विट गर्दै उनले गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २–१ को जित सुनिश्चित गरे । अन्तिम केही मिनेट दुबै टोली १० खेलाडीमा सिमित हुन पुगेका थिए । ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएका थिए । जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोडेर लिगको समापन गरेको छ ।

सम्पन्न १३ खेल मध्ये च्याम्पियन मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो । मछिन्द्रले लिगभरी विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल खान पुग्यो । यस्तै एपीएफले १३ खेलमा १५ अंक जोड्यो । एपीएफले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी) ले २५ लाख प्राप्त ग¥यो । ए लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मस्र्याङ्दी क्लब पाँचौं स्थानमा रहे । यस सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भए ।

लिगको अन्र्तगत शनिबारै आर्मी र मनाङ मस्र्याङ्दीले १–१ गोलको बराबरी खेल्दै लिग टुङ्गाउँदा न्युरोड टिम (एनआरटी)ले पुलिसलाई ३–१ ले हराउँदै लिगको समापन ग¥यो । कुल ९१ खेल भएको लिगबाट मच्छिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ लाख प्राप्त गर्दा फ्रेन्ड्सका जमउल एन्थोनी सर्वा धिक गोलकर्ता चुनिएर नगद २ लाख रुपैया प्राप्त गरे । जमउल एन्थोनीले सम्पन्न लिगमा ७ गोल गरेका उनले गोल्डेन बल प्राप्त गरे । यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिएर गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए भने आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित हुँदा १ लाख ५० हजार रुपैयाँ थापे । फेयर प्ले टिमको अवार्ड भने सातदोबाटो युथ क्लबले जित्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस