फागुन १४, काठमाडौं । राष्ट्रिय युवा संघ टोखा १ नं. वठा कमिटीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका १ झोरमा शनिवार भएको खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

संघका वडा कमिटी अध्यक्ष सुर्यबहादुर तामाङको सभापतित्वमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश कमिटी अध्यक्ष महेश चौलागाई, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्णप्रसाद अधिकारी, महाधिवेशन आयोजक कमिटी सदस्य गोमा विष्ट, जिल्ला अध्यक्ष सन्तोष अर्याल, युवा नेता रामहुकार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।



