• २०८३ कार्तिक १४ गते शुक्रवार

राष्ट्रियसभा चुनाव : गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, कास्की । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बुधवार भएकाे मतदानमा कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका हुन् ।

पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे ।

यस्तै अन्य कोटामा आलेमगरले स्थानीय तहमार्फत १ हजार ६ सय ५६ मतभार र प्रदेश सभामार्फत १ हजार ४सय ४० मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहमार्फत १ हजार ३ सय ५० मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ४४ मतभार पाउनुभयाे ।

दलित कोटामा सुनारले स्थानीय तहमार्फत १ हजार ६ सय ३८ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे ।

Sharing

प्रतिक्रिया दिनुहोस