माघ १२, नुवाकोट । राष्ट्रिय युवा संघ नुवाकोट जिल्ला कमिटीले सरकारको ध्यानाकर्षण गराउनका लागि आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । संघका नुवाकोट संयोजक प्रज्वल सापकोटको नेतृत्वमा प्रमुख जिलणला अधिकारी जिवन दुलाललाई ज्ञापन पत्र बुझाईएको हो ।

संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलप्रति ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाईएको नुवाकोट संयोजक सापकोटाले जानकारी दिए । उनका अनुसार सरकार कोरोना संक्रमणकालमा गैर जिम्मेवार भनेको भन्दै २४ लाख खोपको विवरण सार्वजनिक गर्न समेत अनुरोध गरिएको जानकारी दिए ।
ज्ञापन पत्र
