• २०८३ बैशाख ३० गते बुधवार

विष्फोटक पदार्थसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १०, कैलाली। कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुरस्थित नेपाल भारत सीमा इलाकामा सशस्त्र प्रहरीले कैलाली गाउँपालिका वडा नम्बर ४ के गाउँका ४७ वर्षीय सोमनारायण गाम डगौरालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुवास खत्रीको कमान्डमा खटिर्को मोबाइल गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित विस्फोटक पदार्थमा प्रयोग हुने सामानसहित डगौरालाई पक्राउ गरेको हो ।
डगौराको साथबाट सशस्त्र प्रहरीले पहेलो रङ्गको गन्धक जस्तो देखिने पदार्थ २३ किलोग्राम र खरानी रगको सुरा जस्तो पदर्थ ५ किलोग्राम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, डगौराले उक्त सामान ओसार्न प्रयोग गरेको रा २ प ४३८७ नम्बरको कालो रंगको हिरोहोण्डा कम्पनीको सुपर स्पिलिन्डर मोटरसाइकल पनि बरामद गरेको छ। डगौरालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस