• २०८३ कार्तिक ११ गते मङ्गलवार

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ : रामचन्द्र पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । आज गृहजिल्ला तनहुँको दमौलीमा उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए ।

उनले भने, “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाइ यसपटक सहयोग गर्नुहोस् ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस