असोज ९, काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरुले जिते संघीयता कार्यान्वयन गरेर देखाउने बताए ।
उनले भने, “संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, कांग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ, “केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्छौँ । सुशासनको समस्यालाई हल गर्नेछौँ ।”