• २०८३ असार १० गते बुधवार

करिव १७ क्विन्टल ‘काईनेटिक’ ढुङ्गासहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेत छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस