• २०८३ बैशाख ४ गते शुक्रवार

प्रेस चौतारी रेडियो नेपाल शाखाको अध्यक्षमा सुवेदी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ । प्रेस चौतारी नेपालका संस्थापक सचिव प्रमोद दाहालको प्रमुख आथित्यतामा प्रेस चौतारी नेपाल रेडियो नेपाल प्रतिष्ठानको दोस्रो अधिवेशनबाट बेञ्जु सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । रेडियो नेपालमा आज आयोजित शाखाको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट प्रेस चौतारी रेडियो नेपाल प्रतिष्ठान शाखाका नवनिर्वाचित उपाध्यक्षमा सोनिका लामिछाने, अर्जुन सापकोटा, सचिवमा कौशल घिमिरे, कोषाध्यक्षमा मञ्जिल घिमिरे, सहसचिवमा बालिका मादेन एवम् सदस्यहरूमा श्याम नापित, डेला प्रसाईँ, दुर्गा अधिकारी चयन हुनुभएको छ ।

त्यस्तै, प्रदेश प्रतिनिधिमा महिलातर्फ बालिका मादेन र उमा शर्मा तथा पुरुषतर्फ दिनेश घिमिरेलाई चयन गरेको छ । साथै प्रेस चौतारी नेपालको यही फागुन २७ र २८ गते पोखरामा हुने दशौँ राष्ट्रिय अधिवेशनका लागि रेडियो नेपाल प्रतिष्ठानको तर्फबाट महिलातर्फ शोभा भट्टराई र पुरुषतर्फ गोकर्ण रेग्मीलाई प्रतिनिधि चयन हुनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस