• २०८३ बैशाख ३१ गते बिहिवार

प्रतिराेध नगरी चुप लागेकाे भन्दै युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी गठबन्धनकाे आलोचना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्सकीले न्याटो गठबन्धनले प्रतिराेध नगरी टाढा बसेर रुसी आक्रमण हरिरहेको भन्दै आलोचना गर्नुभएको छ । एकपछि अर्काे भिडियो सन्देशमा उहाँले रुसी आक्रमणको प्रत्याक्रमण गर्नुसाटो न्याटो गठबन्धन टुलुटुल हेरेको टिप्पणी गर्नुहुँदै उहाँले रुसी आक्रमणको प्रतिरोध गर्न आह्वान गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रसारित भिडियोमा संयुक्त राज्य अमेरिकालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘आज शुक्रबार पनि रुसी आक्रमणको प्रतिरोध हामी (युक्रेनी) एक्लेले गरिरहेको छौँ, हिजो जस्तै एक्लै, तर संसारको सबैभन्दा शक्तिशाली देश दूरदराजबाट नियालिरहेको छ ।’’ –सीएनएन

Sharing

प्रतिक्रिया दिनुहोस