• २०८३ बैशाख ३१ गते बिहिवार

माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । थानकोटमा माइक्रोसग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३–०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको हो । उनको ठेगाना खुल्न बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस