• २०८२ साउन ३ गते शुक्रवार

थप ७४ जनामा कोरोना संक्रमण, ११६ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा थप ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टी भएकाे छ । याेसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ५३५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार २८३ जना रहेका छन । मन्त्रालयका अनुसार ११६ आज जना डिस्चार्ज भएका छन । याेसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार २३५ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस