असोज ८, काठमाडौं । जर्मनीले युइएफए नेसन्स लिगमा हंगेरीसँग स्तब्ध बनेको छ । समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनी हंगेरीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

Soccer Football – UEFA Nations League – Group C – Germany v Hungary – Red Bull Arena, Leipzig, Germany – September 23, 2022 Hungary’s Adam Szalai celebrates scoring their first goal REUTERS/Annegret Hilse
रेडबुल एरिना लाइप्जिगमा हंगेरीलाई जित दिलाउन एडम सजलाईले १७ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ । हंगेरीले ५ खेलमा १० अंक जोडेको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।