• २०८३ बैशाख ५ गते शनिवार

मङ्किपक्सको सङ्क्रमण : विश्व स्वास्थ्य आपतकाल घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं। विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ ।

सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भएको बताएका छन् । हालसम्म मङ्किपक्स भाइरसको सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ । अहिले दुई वटा विश्व स्वास्थ्य आपतकाल जारी छ। जसमा कोरोना महामारी र पोलियो रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस