• २०८३ बैशाख ७ गते सोमवार

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) र नेपाल प्रहरी श्रीमती संघ बिच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई छुट हुने गरि सम्झौता भएको छ । । नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई उक्त कलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।

कलेजको कार्यालय भरतपुर महानगरपालिका-१० चितवनमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालका निर्देशक प्रो.डा. दयाराम लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो ।

उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले पहिलो पटक चितवन मेडिकल कलेजसँग सम्झौता गरिएको र आगामी दिनमा समेत देशभरका स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरी स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने बताउनुभयो । उक्त सम्झौता अनुसार कलेजबाट उपलब्ध गराउने स्वास्थ्य उपचार सेवाहरुमा अस्पतालले २५ प्रतिशत र अस्पताल फार्मेशीले ७ प्रतिशत छुट उपलब्ध गराउने उल्लेख गरिएको छ ।

साथै संघले कुनै पनि क्षेत्रमा संचालन गर्ने स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक टोली व्यवस्थापनमा सहयोग गर्नेछ । सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस